Advertisement Banner
Advertisement Banner

१७ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

काठमाडौंका तत्कालीन सीडिओ रिजाल पक्राउ

१७ मंगलबार , चैत्र २०८२९ घण्टा अगाडि

काठमाडौंका तत्कालीन सीडिओ रिजाल पक्राउ

आज बिहान काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडिओ) छवि रिजाल पक्राउ परेका छन् । उनलाई आज बिहान सुविधानगरबाट पक्राउ गरिएकाे हाे ।

तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजाललाई बिहान सुविधानगरबाट उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टाेलिले पक्राउ गरेको बताइएकाे छ । यसअघि गत भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा उनी काठमाडौंका सीडिओ थिए ।

उक्त भदाै २३ र २४ गतेकाे जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो ।

जाँचबुझ आयोगको प्रतिवेदन र मन्त्रिपरिषद्को निर्णयअनुसार यसअघिनै पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन् । हाल उनिहरुलाई अदालतकाे आदेश बमाेजिम थुनामा राखेर छानविन सुरु गरिएकाे छ ।