
मुलुकभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका कारण देशकाे विभिन्न स्थानमा चट्याङ्ग, असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा साधरणतया बादल लागेकाे र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको बताइएकाे छ ।
आज दिउँसो कोशी, मधेस प्रदेशका भूभागमा साधरणतया बादल लाग्नेछ भने कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागका केही स्थानहरूमा चट्याङ्ग, असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।
त्यसैगरि आज राति कोशी प्रदेशलगायत देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नुका साथै पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । त्यस्तै कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


