
हिजाे पक्राउ परेकाे पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि खड्का अस्पताल भर्ना भएका हुन् ।
पक्राउ परेपछि अदालतले उनलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अस्पताल स्रोतका अनुसार पक्राउ परेका खड्का आज बिहान त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । खड्का अस्पतालको १०२९ नम्बर बेडमा उपचाररत छन् ।
यसअघि गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा खड्काको घरमा जलेको अवस्थामा रकम फेला परेपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको बताइएकाे छ । उक्त घटनासँग सम्बन्धित रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थप अनुसन्धान गरिरहेको छ ।


