Advertisement Banner
Advertisement Banner

१६ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

च्याउ प्रतिकिलो १३० अन्य तरकारी तथा फलफूलकाे मूल्य कति ?

१६ सोमबार , चैत्र २०८२१२ घण्टा अगाडि

च्याउ प्रतिकिलो १३० अन्य तरकारी तथा फलफूलकाे मूल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि च्याउ प्रतिकिलो १३० रुपैयाँ थोक मूल्य निर्धारण गरेको छ । समितिले अन्य तरकारी तथा फलफूलका साथै कृषिउपजको थोक मूल्य यसप्रकार निर्धारण गरेको छ ।

जसअनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो ४०, आलु रातो प्रतिकिलो २०, आलु रातो (भारतीय) प्रतिकिलो २२ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३६ ताेकिएको छ । त्यसैगरी, गाजर (लोकल) प्रतिकिलो ३५, गाजर (तराई) प्रतिकिलो २५, बन्दा (लोकल) प्रतिकिलो ३०, बन्दा (नरिबल) प्रतिकिलो २५, काउली स्थानीय प्रतिकिलो ६५, काउली स्थानीय (ज्यापु) प्रतिकिलो ८०, काउली तराई प्रतिकिलो ५०, सेतो मूला (लोकल) प्रतिकिलो २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ३०, भन्टा लाम्चो प्रतिकिलो ६० र भान्टा डल्लो प्रतिकिलो ७० निर्धारण गरिएको छ ।

समितिले आजका लागि बोडी (तने) प्रतिकिलो ८०, मटरकोसा प्रतिकिलो ७०, घिउ सिमी (लोकल) प्रतिकिलो ९०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ८०, घिउ सिमी (राजमा) प्रतिकिलो १००, टाटे सिमी प्रतिकिलो ७५, तिते करेला प्रतिकिलो १५०, लौका प्रतिकिलो ८०, परवर (तराई) प्रतिकिलो १००, घिरौँला प्रतिकिलो ९० रुपैयाँ ताेकेको छ । त्यसैगरि फर्सी पाकेको प्रतिकिलो ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ३०, भिन्डी प्रतिकिलो १२०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो ७०, पिँडालु प्रतिकिलो ६० र स्कुस प्रतिकिलो ५० कायम गरेको छ ।

समितिले निर्धारण गरेकाे मूल्य अनुसार रायोसाग प्रतिकिलो ६०, पालुङ्गो प्रतिकेजी ११०, चमसुर प्रतिकिलो ११०, तोरीसाग प्रतिकिलो ७०, मेथी प्रतिकिलो ११०, हरियो प्याज प्रतिकिलो १३०, बकुला प्रतिकिलो ५०, तरुल प्रतिकिलो ८०, च्याउ (डल्ले) प्रतिकिलो ३५०, राजा च्याउ प्रतिकेजी ३०० र सिताके च्याउ प्रतिकेजी १,००० ताेकिएको छ भने कुरिलो प्रतिकिलो ५००, निगुरो प्रतिकिलो ८०, ब्रोकाउली प्रतिकिलो ८०, चुकुन्दर प्रतिकिलो ६०, सजीवन प्रतिकेजी १३०, कोइरालो प्रतिकिलो २५०, जिरीको साग प्रतिकिलो ७०, ग्याठकोभी प्रतिकिलो ६०, सेलरी प्रतिकिलो १२०, पार्सले प्रतिकिलो २००, सौफको साग प्रतिकिलो ११०, पुदिना प्रतिकिलो १२०, गान्टे मूला प्रतिकिलो ६०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १३०, तोफु प्रतिकिलो १५० र गुन्द्रुक प्रतिकिलो ३२० तोकेको छ ।

त्यसैगरि स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फुजी) प्रतिकिलो ३००, केरा (दर्जन) २२०, कागती प्रतिकिलो २३०, अनार प्रतिकिलो ३५०, अङ्गुर (हरियो) प्रतिकिलो २२०, अङ्गुर (कालो) प्रतिकिलो ३५०, सुन्तला (भारतीय) प्रतिकिलो १५०, तरबुजा हरियो प्रतिकिलो ५०, भुइँकटहर प्रतिगोटा १६०, काँक्रो (लोकल) प्रतिकिलो ३०, काँक्रो (हाइब्रिड) प्रतिकिलो २०, काँक्रो (लोकलक्रस) प्रतिकिलो २५,खकटहर प्रतिकिलो ११० रुपैयाँ ताेकिएको छ । त्यस्तै निबुवा प्रतिकिलो ८०, नास्पाती (चाइनिज) प्रतिकिलो २५०, मेवा (नेपाली) प्रतिकिलो ७०, मेवा (भारतीय) प्रतिकिलो ११०, किनु प्रतिकिलो १३०, स्ट्रबेरी प्रतिकिलो ३००, किबी प्रतिकिलो ४०० र एभोकाडो प्रतिकिलो ४०० निर्धारण गरिएको छ ।

समितिका अनुसार अमला प्रतिकिलो १८०, अदुवा प्रतिकिलो १००, सुकेको खुर्सानी प्रतिकिलो ४२०, खुर्सानी (हरियो) प्रतिकिलो ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ८०, खुर्सानी हरियो (माछे) प्रतिकिलो ९०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो ८००, भेडे खुर्सानी प्रतिकिलो १३०, हरियो लसुन प्रतिकिलो १२०, हरियो धनियाँ प्रतिकिलो १५० रुपैयाँ रहेको छ । त्यस्तै लसुन सुकेको (चाइनिज) प्रतिकिलो २४०, लसुन सुकेको (नेपाली) प्रतिकिलो १८०, छ्यापी सुकेको प्रतिकिलो १२०, छ्यापी हरियो प्रतिकिलो १००, माछा सुकेको प्रतिकिलो १,०००, ताजा माछा (रहु) प्रतिकिलो ३५०, ताजा माछा (बचुवा) प्रतिकिलो २८० र ताजा माछा (छडी) प्रतिकिलो २५० निर्धारण गरिएको छ ।