Advertisement Banner
Advertisement Banner

१६ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

ओली र लेखकलाई ५ दिन हिरासतमा राखिने

१५ आइतबार , चैत्र २०८२८ घण्टा अगाडि

ओली र लेखकलाई ५ दिन हिरासतमा राखिने

हिजाे बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई ५ दिन हिरासतमा राखिने भएकाे छ । उनिहरु विरुद्ध अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले ५ दिनको म्याद दिएको हाे ।

जिल्ला सरकारी वकिलको कार्यालयले १० दिनको म्याद माग गरे पनि अदालतले ५ दिनको मात्रै म्याद दिएको बताइएकाे छ । न्यायाधीश आनन्द प्रसाद श्रेष्ठको इजलासले दुवैलाई ५/५ दिनको म्याद थप गर्ने अनुमति दिएको हाे ।

त्यसैगरि ओलीको हकमा ओलीको स्वास्थ्य अवस्थाका कारण आवश्यक उपचार प्रवन्ध मिलाउन पनि अदालतले आदेश दिएको बताइएकाे छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलन दमन गरेको आरोप लागेका तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई प्रहरीले हिजाे विहान निवासबाटै पक्राउ गरेको थियो ।

त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएका ओलीलाई अस्पतालबाटै भर्चुअल माध्यमबाट अदालतमा म्याद थपका लागि उपस्थित गराइएको थियो भने लेखक अदालतमै उपस्थित भएका थिए ।