Advertisement Banner
Advertisement Banner

१५ आइतबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपात

१५ आइतबार , चैत्र २०८२१० घण्टा अगाडि

केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपात

अहिले मुलुकभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले साधारणतया बादल लाग्नुका साथै ठाउँठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपात भइरहेकाे छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाका साथै हिमाली भागका केहि स्थानमा हिमपात भइरहेकाे बताइएकाे छ ।

आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा बादल लाग्नुका साथै बाँकी भूभागमा आंशिक बादल लाग्नेछ भने देशका पहाडी र हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

त्यस्तै आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभाग तथा अन्य प्रदेशका हिमाली भूभागमा साधारणतया बादल लाग्ने र बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नुका साथै तराई भूभागमा मौसम मुख्यतया सफा रहने पनि महाशाखाले जनाएकाे छ ।