Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

प्रहरी झनै सकृय

१३ शुक्रबार , चैत्र २०८२७ महिना अगाडि

प्रहरी झनै सकृय

अवैध लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ
कञ्चनपुर, १२ चैत ,   बेलौरी नगरपालिका ७ पौलाहबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय ८० मिलिग्राम सहित लालझाडी गाउँपालिका २ कञ्ज बस्ने ३० वर्षीय मनोज रानालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु।प।प्र।०१.०१२ प ५३४७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 
 

अभौतिक मुद्राको कारोबारमा संलग्न व्यक्ति पक्राउ
काठमाडौं, १२ चैत, अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका(२६ ठमेल बस्ने बंगलादेश पाबना घर भएका २९ वर्षीय  MD SHEHABUL ISLAM  लाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं ठमेलबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उनले ३० लाख ४९ हजार ७ सय ३६ रूपैयाँ ९३ पैसा बराबरको USDT लगायत अभौतिक मुद्राको कारोबार गरेको खुल्न आएको छ । साथै प्रहरीले उनको साथबाट नगद ६० हजार रूपैयाँ, सिमकार्ड ९ थान, मोबाइल २ थान, विभिन्न बैंकको एटिएम ७ थान, विभिन्न बैंकको चेकबुक ३३ थान लगायतका सरसामान समेत बरामद गरेको छ ।