
यहि चैत ९ गते बिहान ३ बजेर ५१ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको दार्चुलामा फेरि भूक्म्प गएकाे छ । दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर बिहान ८ बजेर ३२ मिनेटमा ४ म्याग्निच्युडको भूकम्प गएको हो
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताइएकाे छ । उक्त भूकम्पको धक्का दार्चुला जिल्लाका विभिन्न स्थानका साथै आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको थियो ।
यसअघि चैत ३ गते पनि दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।


