Advertisement Banner
Advertisement Banner

१३ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

झण्डै साढे ७ हजार विपद्का घट्नामा ४७९ जनाकाे मृत्यु

१२ बिहिबार , चैत्र २०८२१६ घण्टा अगाडि

झण्डै साढे ७ हजार विपद्का घट्नामा ४७९ जनाकाे मृत्यु

गएकाे वैशाख १ गतेदेखि अहिलेसम्म देशभर ७ हजार २ सय ३१ वटा विपद्का घटना हुँदा ४ सय ७९ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त विपद्का घटनामा परि १ हजार ८ सय जना घाइते भएकाे बताइएकाे छ ।

त्यसैगरि उक्त विपद्का घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएकाे पनि प्राधिकरणले जनाएकाे छ । प्राधिकरणले दिएको जानकारीअनुसार उक्त अवधिमा ३ हजार ४ सय ८० वटा आगलागी, १ सय २१ बाढी पहिराे, ४ सय ४२ भारी वर्षा, ४ सय ६ चट्याङ र ६ सय सर्पदशका घटना भएकाे बताइएकाे छ ।

त्यसैगरि वन डढेलो २ सय ७९, हुरीबतासका ४ सय ५१, जनावर आक्रमणका ५ सय ४, लेक लागेका १ सय २३ र हिउँपहिरोका ५ वटा घटना भएकाे पनि प्राधिकरणले जनाएको छ । प्राधिकरणले सार्वजनिक गरेको अन्य विवरणमा भूकम्पका ७, असिना, डुङ्गा पल्टेका २/२ घटना हुँदा हुरी, शीतलहरका १/१घटना घटेका थिए ।

यही चैत १० गते बिहानदेखि ११ गते बिहानसम्म २६ वटा विपद्मा घटना भएकाे पनि प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएकाे छ । जसअनुसार एकै दिन ९ जिल्लाका १३ स्थानमा आगलागीका घटना हुँदा उक्त विपद्का घटनामा परी १० जना घाइते भएकाे समेत प्राधिकरणले जनाएकाे छ ।