Advertisement Banner
Advertisement Banner

१३ शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

चैते दसैँ पर्व मनाइँदै

१२ बिहिबार , चैत्र २०८२१७ घण्टा अगाडि

चैते दसैँ पर्व मनाइँदै

आज चैत्र शुक्ल अष्टमीका दिन घर–घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी  चैते दसैँ पर्व मनाइँदै छ । हरेक वर्ष झैं यसवर्ष पनि चैते दसैँ पर्व धुमधामका साथ मनाउन लागिएकाे हाे ।

वर्षमा दुइपटक मनाइने दसैं मध्ये असोज शुक्ल पक्षको दसैँलाई बडादसैँ भनिन्छ भने चैत्र शुक्ल अष्टमीमा मनाइँने दसैँलाई चैते दसैँ पर्वकाे रुपमा मनाइन्छ ।

बडादसैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ तर चैते दसैँमा भने त्यो परम्परा धेरै परिवारमा नभए पनि हनुमानढोकाको दसैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिने चलन रहेकाे छ ।

चैते दसैँमा अष्टमीको दिनलाई चैते दसैँ र नवमीलाई श्रीरामको जन्म भएकाले रामनवमीका रूपमा मनाउने गरिन्छ । चैते दसैँमा काठमाडौं उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा विशेष पूजा हुन्छ ।

त्यसैगरि काभ्रे जिल्लाकाे पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, वागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिने परम्परा रहेकाे छ ।