Advertisement Banner
Advertisement Banner

३० मंगलबार, असार २०८३13th July 2026, 9:36:25 am

रेडियो जनसञ्चारको वार्षिकोत्सवको अवसरमा स्वास्थ्य शिविर आयोजना

१२ बिहिबार , चैत्र २०८२४ महिना अगाडि

रेडियो जनसञ्चारको वार्षिकोत्सवको अवसरमा स्वास्थ्य शिविर आयोजना

भक्तपुर, चैत्र ११ गते . रेडियो जनसञ्चारको १८ औं र जनसञ्चार टेलिभिजनको छैठौ वर्षमा प्रवेश गरेको अवसरमा आज भक्तपुरमा बृहत्त स्वास्थ्य शिविर आयोजना गरेको छ । भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको प्रमुख आतिथ्यतामा आयोजित सो शिविरमा १५५ जना भन्दा बढीले स्वास्थ्य परिक्षण गर्नुका साथै २५ जनाले रक्तदान गरेका छन् । जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रहरी उपरिक्षक सूर्यबहादुर खड्काको विशेष आयोजित सो कार्यक्रममा ख्वप टिलगंगा आँखा अस्पतालले आँखा, सिद्धिस्मृति अस्पतालले दन्त, स्त्री तथा हाडजोर्नी, नेपाल हृदयरोग निवारण प्रतिष्ठानले मुटु रोग यसै गरी सहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रले मृगौंला परिक्षण र अंगदान सम्बन्धि अभिमुखिकरण गरेका थिए । यसै बीच भक्तपुर क्यान्सर अस्पतालले क्यान्सर रोगको परीक्षण तथा जनस्वास्थ्य कार्यालय भक्तपुरले नसर्ने रोगको परीक्षण गरेका थिए । रक्तसञ्चार सेवा केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा सो अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा जनस्वास्थ्य अधिकारी अन्जना खड्का, नापि कार्यालय भक्तपुरका प्रमुख पूर्णबहादुर पाण्डे, युवा व्यवसायी समाजका अध्यक्ष विश्वराम कवां, भक्तपुर इट्टा उद्योग व्यवसायी संघका अध्यक्ष नातिभाई ह्यौवा, समाजसेवी रविन्स लामा सहितका अतिथिहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा प्रमुख अतिथि ढकालले स्वास्थ्य शिविरका सहयोगि निकाय, रक्तदाता, विज्ञापनदाता एवं सामाजिक अभियान्ताहरुलाई सम्मानित गर्नु भयोे ।
रेडियो  जनसञ्चार र जनसञ्चार टेलिभिजनका संचालक सुरेश प्रसाद सैंजूको सभापतित्वमा आयोजित सो कार्यक्रमको भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले पानसमा दिप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो ।
रेडियो जनसञ्चारले स्थापना काल देखि जनताको आवाज जनताको विचार नाराका साथ समुदायमा आधारित रेडियोको रुपमा २०६५ साल देखि निरन्तर प्रशारण गर्दै आएको छ भने  २०७७ साल देखि सुरु गरेको जनसञ्चार टेलिभिजनले स्वतन्त्र पत्रकार संघ भक्तपुरको सह आयोजनामा वार्षिकोत्सव समारोह मनाएका हुन ।