Advertisement Banner
Advertisement Banner

११ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

ह्वात्तै बढ्याे सुनचाँदीकाे मूल्य

११ बुधबार , चैत्र २०८२९ घण्टा अगाडि

ह्वात्तै बढ्याे सुनचाँदीकाे मूल्य

नेपाली बजारमा केहि दिनदेखि निरन्तर ओरालाे लागेकाे सुनचाँदीको मूल्य आज ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १४ हजार ६ सय रुपैयाँले बढेको छ ।

बढेकाे सुनकाे मूल्य आज प्रतिताेला दुई लाख ८८ हजार ५ सय पुगेकाे छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँ कायम भएकाे थियाे ।

त्यसैगरि आज चाँदी पनि तोलामा ४ सय १५ रुपैयाँले बढेको छ । बढेकाे मूल्य अनुसार ४ हजार ९ सय २० रुपैयाँ पुगेकाे छ । हिजाे प्रतिताेला चाँदी ४ हजार ५ सय ५ रुपैयाँ कायम भएको थियो।

गत सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७५ हजार ५ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ४ सय २५ कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ६ सय र त्यति नै परिमाणको चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको बताइएकाे छ ।