Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

नेपालका ८ क्रिकेटरले एउटै विदेशी लिग खेल्दै

११ बुधबार , चैत्र २०८२७ महिना अगाडि

नेपालका ८ क्रिकेटरले एउटै विदेशी लिग खेल्दै

नेपालका ८ क्रिकेटरले एउटै विदेशी लिग खेल्ने भएका छन् । नेपालका ८ क्रिकेटरले पहिलो संस्करणको युरोपियन टी २० लिग बेल्जियममा सहभागीता जनाउने भएका हुन् ।

नेपाली क्रिकेटको इतिहासमा पहिलो पटक ८ नेपाली क्रिकेटरले एउटै विदेशी लिग खेल्न लागेका हुन् । यसअघि २०२४ को ग्लोबल ट्वान्टी २० क्यानडामा नेपालका ३ क्रिकेटर सहभागी भएका थिए ।

बेल्जियममा आयोजना हुने लिगको ड्राफ्टबाट जेबी ब्रुजेसमा ५ नेपाली क्रिकेटर अनुबन्धन भएका हुन् । शिवनारायण चन्द्रपल मुख्य प्रशिक्षक रहेको टोलीमा ड्राफ्टबाट ललित राजवंशी, इशान पाण्डे, अनिल साह र गुलसन झा अनुबन्ध भएका हुन् भने टोली ड्राफ्ट अघि नै दीपेन्द्रसिंह ऐरीलाई अनुबन्ध गराइसकेको थियो ।

ड्राफ्टमार्फत नै नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेल घेन्ट ग्ल्याडीयटर्समा अनुबन्ध हुँदा आसिफ शेख एन्टवर्प एन्कर्समा आबद्ध भएका छन् भने यसअघि सन्दीप लामिछानेलाई लिगको टिम लिज रेड लायन्सले ड्राफ्ट अघि नै अनुबन्ध गराइसकेको छ ।

उक्त लिगमा ५ टिमको सहभागीता हुनेछ भने लिग ६ देखि १४ जुनसम्म आयोजना हुने बताइएकाे छ ।