Advertisement Banner
Advertisement Banner

११ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

सात महिनामा सवा १ खर्वकाे पेट्रोलियम पदार्थ आयात

११ बुधबार , चैत्र २०८२११ घण्टा अगाडि

सात महिनामा सवा १ खर्वकाे पेट्रोलियम पदार्थ आयात

वीरगन्ज भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको ७ महिनामा १ खर्ब २३ अर्ब ६७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । कार्यालयका अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात बढेको हाे ।

भन्सार कार्यालयले उक्त पेट्रोलियम पदार्थको आयातबाट ५२ अर्ब १५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । उक्त अवधिमा ६३ अर्ब ६५ करोड रुपैयाँ बराबरको ७ लाख २ हजार ३ सय किलोलिटर डिजेल आयात भएको छ भने २५ अर्ब ३० करोड रुपैयाँ बराबरको २ लाख ९० हजार ३ सय ८२ किलोलिटर पेट्रोल र २० अर्ब ८५ करोड रुपैयाँ बराबरको २० करोड २८ लाख २० हजार ९ सय ३२ किलोग्राम एलपी ग्यास आयात भएको बताइएकाे छ ।