Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

चुनावमा देखिन्छ क्रिश्चियन भूकम्प

१० सोमबार , आश्विन २०७३८ बर्ष अगाडि

राष्ट्रिय खि्रश्टियन महासंघले धर्म परिवर्तन गर्न पाउनुपर्छ भन्ने माग गरिसकेका छन्। पटक पटक संसद भवनमा पुगेर क्रिश्चियन समुदायले धर्मनिरपेक्षताको पक्षमा बलियो दबाब दिइसकेका छन् भने देशभरिबाट धर्म परिवर्तन गर्न पाउनुपर्छ भन्ने मागपत्र संकलन गरेर संसद सचिवालयमा दिइसकेका छन्। प्रधानमन्त्री र मन्त्रीहरु नै क्रिश्चियन भइसकेको खुलासा एकातिर छ भने अर्कोतिर नेपालको अन्तरिम र अहिलेको संविधानमा धर्मनिरपेक्ष घोषणा  गराउने क्रममा भेटिकनसिटीदेखि अष्ट्रेलियासम्मबाट डलरको बर्षा नै भएको थियो। अहिले पनि क्रिश्चियन समुदाय जति चाहिन्छ धन दिन तैयार छन्, तर धर्म परिवर्तन गर्न पाउनुपर्छ भन्ने शव्द मुलुकी ऐनमा लेख्नुपर्छ भनिरहेका छन्। संविधान संशोधन प्रक्रियामा छ र त्यो संशोधन हुँदा 'धर्म परिवर्तन गराउने, अर्काको धर्ममा खलल पुर्‍याउने कार्य दण्डनीय हुनेछ' भन्ने वाक्यांसमा सुधार गर्नैपर्छ भन्ने चर्चवालाहरुको बलियो मागदावी भइरहेको छ। 
मुलुकी ऐन सुधार हुँदैछ र त्यसमा धर्म परिवर्तन दण्डनीय हुनेछ भन्ने किन लेख्ने? संविधान संशोधन गरेर र मुलुकी ऐनमा मधेसी तथा जनजातिलाई संवोधन गरेर संविधानको कार्यान्वयन गर्न जुटेको प्रचण्ड सरकारका सामु माओवादी लडाकु नेतृ तथा सभामुख ओनसरी घर्तीले क्रिश्चियनको यस्तो माग जानकारी गराएकी छिन्। कसरी हिन्दूराष्ट्रलाई धर्मनिरपेक्ष र धर्मनिरपेक्षताको माध्यमबाट क्रिश्चियन कन्ट्री बनाउने साजिस चलिरहेकै छ। 
यतिबेला चर्चहरु यसरी बढेका छन् कि महाभूकम्पपछि पाष्टरहरु गाउँ गाउँ छिरेका छन्। स्कूल स्कूल, खानेपानी, पाल, त्रिपाल, जस्तापाता, खान्की खाद्यान्नका माध्यमबाट पनि बाइबल र प्रभू इसुको प्रचार गरिरहेका छन्। ९५ प्रतिशत ऊँकार परिवार घट्दो क्रममा छ भने इसाईकरण बढ्दो। यसैवीच तराई क्षेत्रमा मुसाइकरण पनि बढेर गएको छ। कानुन कागजमा छ, धर्मपरिवर्तन धमाधम भइरहेछ। 
राष्ट्रिय खि्रस्टियन महासंघका नवनिर्वाचित अध्यक्ष र महासचिव छन्– चरीबहादुर गहतराज र पदमनाथ पराजुली। उनीहरुका निकट व्यक्तिहरु भन्छन्– चर्चहरुवीच यस्तो बलियो संगठन बनिसकेको छ कि अवको स्थानीय, प्रदेश वा संसदको निर्वाचनमा प्रभूको आशीर्वाद नपाउने कुनै पनि व्यत्तिले चुनाव जित्नै सक्दैन। चुनाव जित्नका लागि कुनै पनि पार्टीका उमेदवारले चर्चमा गएर टाउको झुकाउनु पर्‍यो, चर्चमैत्री हुन्छु भन्ने कबुल गर्नुपर्‍यो तव मात्र महासंघले समर्थन गर्नेछ र समाजमा बढ्दो इसाई सदस्यहरुले मत दिनेछन्। इसाईकरणका लागि उत्पादनशील नेपाली गरीवीले नेपाललाई कहाँ पुर्‍याउने हो? राप्रपा नेपालका अध्यक्ष कमल थापाका अनुसार चर्चको आशीर्वाद लिनैपर्ने दिन आउन लाग्यो, धर्मपरिवर्तन रोक।