Advertisement Banner
Advertisement Banner

१० मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

प्रहरी गतिविधि

१० मंगलबार , चैत्र २०८२२ घण्टा अगाडि

प्रहरी गतिविधि

अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ
सुर्खेत, ९ चैत । वीरेन्द्रनगर नगरपालिका १० बुदबुदेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय हर्ष सिंह ठकुरी र २२ वर्षीय तुला नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मकालु हिमाल आरोहण गर्न लागेका प्रहरी नायव निरीक्षकलाई शुभकामना तथा झण्डा हस्तान्तरण
काठमाडौं, ९ चैत । संसारको पाचौँ अग्लो र नेपालको चौथो अग्लो हिमाल, मकालु हिमाल आरोहण गर्न त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएका जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत प्रहरी नायव निरीक्षक नन्दलाल चौधरीलाई शुभकामना सहित नेपाल प्रहरीको झण्डा हस्तान्तरण गरिएको छ । 
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रम बीच प्रहरी नायव निरीक्षक नन्दलाल चौधरीलाई राष्ट्रिय झण्डा र नेपाल प्रहरीको झण्डा हस्तान्तरण गर्नुभयो । 
सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले आरोहणमा जान लागेका प्रहरी नायव निरीक्षक चौधरीलाई यात्राको सहज, सुखद एवम् सफलताको शुभकामना व्यक्त गर्नुभयो । 
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू राजन अधिकारी, शिद्धी विक्रम शाह र उमा प्रसाद चतुर्वेदी, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।   
झापा शिवसताक्षी नगरपालिका ७ निवासी प्रहरी नायव निरीक्षक नन्दलाल चौधरी २०५५ सालमा प्रहरी जवान पदबाट सेवा प्रारम्भ गरी हाल जिल्ला प्रहरी कार्यालय संखुवासभामा कार्यरत रहेका छन् । उहाँले २०८२ साल कात्तिक ५ गते सोलुखुम्बु जिल्लामा रहेको ६४७६ मिटरको मीरा पिकको सफल आरोहण समेत गर्नुभएको थियो ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ
काठमाडौं, ९ चैत । काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ३ किलो ४ सय ३५ ग्राम सहित थाइल्याण्डका नागरिक ३९ वर्षीय YONGYUT THUION  लाई गए राति प्रहरीले पक्राउ गरेको छ । थाइ एयरलाइन्सको उडानद्वारा बैंककबाट काठमाडौं आएका उनलाई खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त वस्तु फेला परेको हो । उनलाई थप आवश्यक अनुसन्धानको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ । 
झापा, मेचीनगर नगरपालिका ६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७३ ग्राम ७ सय ७० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका(११ बसपार्क डेरा गरी बस्ने सर्लाही ईश्वरपुर नगरपालिका ४ सागरनाथ टोल घर भएका ३१ वर्षीय सनम बुर्जा मगरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
कैलाली, टीकापुर नगरपालिका(९ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४ सय मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टीकापुर नगरपालिका १ बस्ने ३० वर्षीय सागर रावल र १९ वर्षीय जिबन कुँवर रहेका छन् । इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले ८४७७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
मोरङ, सुन्दरहरैँचा नगरपालिका ५ बलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४९ मिलिग्राम सहित सोही नगरपालिका(६ जब्दी बस्ने २४ वर्षीय बिपिन दाहाललाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
यसैगरी मोरङ, विराटनगर महानगरपालिका १६ जुटमिलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ५० मिलिग्राम सहित विराटनगर महानगरपालिका १५ बस्ने २९ वर्षीय मोहन चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 
दाङ, तुलसीपुर उपमहानगरपालिका ९ बस्ने २७ वर्षीय देबेन्द्र खत्रीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम र डिजिटल तराजु १ थान सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । 
सुनसरी, धरान उपमहानगरपालिका १५ कन्चनलाइनस्थित शिखर खाजा घरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय १० ट्याब्लेट, स्पास्पेन २ सय ९० ट्याब्लेट र डिकोलिक ३ सय २० ट्याब्लेट सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३१ वर्षीय अजय खड्गी र ३१ वर्षीय विशाल राई रहेका छन् । अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
कञ्चनपुर, बेलौरी नगरपालिका १० सडकघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ६ सय ५० मिलिग्राम सहित कृष्णपुर नगरपालका ७ कलुवापुर बस्ने २४ वर्षीय भिम रानालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१(००८ प९७३० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक रानालाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले हाल फरार मोटरसाइकलमा सवार १ जनाको खोजी गरिरहेको छ । 

अभौतिक मुद्रा कारोबारमा संलग्न तीन जना पक्राउ
काठमाडौं, ९ चैत, अभौतिक मुद्रा ९क्रिप्टो करेन्सी० कारोबारमा संलग्न रहेको अभियोगमा ३ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका(१३ एकान्तकुना बस्ने भारत पश्चिम बंगाल राज्य मोदिनीपुर मोयना थाना उत्तर श्रीकण्ठा ग्राम घर भएका ४१ वर्षीय प्रवेश अली, काठमाडौं महानगरपालिका ६ बौद्ध जोरपाटी बस्ने बाँके नेपालगंज उपमहानगरपालिका २० घर भएका ३१ वर्षीय नरेश रेउले र ललितपुर महालक्ष्मी नगरपालिका २५ नख्खु बस्ने सर्लाही ईश्वरपुर नगरपालिका ३ भक्तिपुर घर भएका ३० वर्षीया दिप्ती पोखरेल रहेका छन् ।  
    हुण्डी तथा अभौतिक मुद्रा समेतको अवैध कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नरेशलाई काठमाडौं महानगरपालिका(२६ सामाखुशीबाट पक्राउ गरेको थियो । सोधपुछको क्रममा उनले दिप्ती र प्रवेशको लागि USDT खरिद बिक्री गर्ने गरेको भन्ने खुल्न आए पश्चात दिप्तीलाई काठमाडौं महानगरपालिका २६ सामाखुशीस्थित रेडहनपुलबाट नगद १५ लाख ३० हजार रूपैयाँ सहित र प्रवेशलाई ललितपुर महानगरपालिका(१३ एकान्तकुनाबाट प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा प्रवेशले आफ्नो मोबाइलबाट BINANCE  ID प्रयोग गरी हाल सम्म १ अर्ब ३६ करोड ८० लाख ४५ हजार ५ सय ८० रूपैयाँ ४ पैसा रकम बराबरको कारोबार गरेको खुल्न आएको छ ।