Advertisement Banner
Advertisement Banner

१० मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

दार्चुलामा भूकम्प गयाे

०९ सोमबार , चैत्र २०८२१८ घण्टा अगाडि

दार्चुलामा भूकम्प गयाे

पश्चिम नेपालकाे दार्चुलामा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ३ बजेर ५१ मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो ।  

केन्द्रकाे अनुसार बिहानकाे समयमा दार्चुलाको मुराई आसपास केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको बताइएको छ । यसअघि चैत ३ गते दार्चुलाको सितौला आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

गत फागुन १५ गते पूर्वी नेपालकाे संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा बिहान ३ बजेर १८ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएकाे थियाे । बिहानीपख मस्त निद्रामा रहेका स्थानीय बासिन्दाहरू एक्कासि भूकम्प गएपछि अत्तालिँदै सुरक्षित स्थानको खोजीमा घरबाहिर निस्किएका थिए भने चिसो र निद्राको समयमा आएको भूकम्पले केही बेर जनजीवनलाई त्रसित बनाएको थियो ।