Advertisement Banner
Advertisement Banner

०९ सोमबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

आज सुनचाँदीको मूल्यमा भारी गिरावट

०८ आइतबार , चैत्र २०८२१४ घण्टा अगाडि

आज सुनचाँदीको मूल्यमा भारी गिरावट

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । केहि दिनदेखि ओरालो लागेको सुनको मूल्य आज प्रतितोला १२ हजार ५ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार कायम भएको छ । अघिल्लो कारोबार दिन गत शुक्रबार सुन २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।    

त्यसैगरी आज चाँदीको मूल्य पनि ह्वात्तै घटेको छ । आज चाँदी ३ सय ५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ५ सय ४० रुपैयाँ पुगेको छ । यसअघि चाँदी ४ हजार ८ सय ९५ रुपैयाँमा किनबेच भएको थियो।