Advertisement Banner
Advertisement Banner

१४ बिहिबार, जेठ २०८३16th May 2026, 4:05:57 pm

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

०८ आइतबार , चैत्र २०८२२ महिना अगाडि

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

आजदेखि मिथिलाञ्चलमा चैती छठ पर्व सुरु भएको छ । महोत्तरीसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चलमा आजदेखि विधिवत चैती छठ पर्व सुरु भएको हाे ।

आजदेखि चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने चैती छठ पर्व तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत सम्पूर्ण मिथिलाञ्चलभरि धार्मिक विधिपूर्वक सुरु भएको छ ।

मिथिलाञ्चलमा मनाइने चैती छठ महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायत अन्य सहरी एवं ग्रामीण क्षेत्रमा रहेका विभिन्न पोखरी, तलाउ तथा यहाँको प्रसिद्ध नदी बिग्ही, रातो मरहा, जङ्गहा, अंकुसी नदी तथा नहरका किनारमा धुमधामका साथ मनाइने गरिन्छ । सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस चैती छठ पर्वको विशेषता रहेको पाइन्छ ।

चैती छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ भने चैती छठको पहिलो दिन नहा खा अर्थात् नुहाएर खाने अर्थात् जीउ चोख्याउने, दाश्राे दिन दिन व्रतीहरूले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूलदेवताको पूजा गर्ने र त्यसपछि राति अरवा अरबाईन (बिना नुन हालेको) खानेकुरा खाने चलन छ ।

तेश्राे दिन  गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलासय नजिक बनाएको छठ घाटसम्म पुगेर व्रतीहरूले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्ने गर्दछन् ।

चाैथाे दिन एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याई प्रातःकालीन उदाउँदो सूर्यलाई अर्घ दिई चैती छठ पर्व सम्पन्न गर्ने गरिन्छ ।