Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

महिला प्रधानमन्त्री आरजु देउवा

१० सोमबार , आश्विन २०७३८ बर्ष अगाडि

कांग्रेस सभापति शेरबहादुर देउवाले पटक पटक भनिरहेका छन्– अव छिटै महिला प्रधानमन्त्री बन्छन्। झट्टसुन्दा महिलाको ध्यान तान्ने र पुरुषहरुमा देउवा भटभटाइरहन्छन् भनेजस्तो देखिन्छ, तर ९ महिनापछि सरकारको नेतृत्व कांग्रेसको हातमा जानेछ र त्यतिबेला देउवाले पत्नी तथा निर्वाचित सांसद डा.आरजु देउवालाई प्रधानमन्त्री बनाउने धरातल तैयार गरिरहेका छन्। देउवाको जोल्ट गजबै छ। 
अमेरिकामा राष्ट्रपति चुनाव हुँदैछ र पहिलो पटक हिलारी क्लिन्टन महिला राष्ट्रपति हुने बलियो उमेदवार देखा परेकी छिन्। अमेरिकास्थित नेपाली समुदायले समेत हिलारीलाई जिताउन कम्मर कसेर लागेका खबर आइरहेका छन्। नेपालमा राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश महिला बनिसकेका छन् र पहिलोपटक नेपाली सेनाको सैनिक अदालतमा महिला न्यायाधीशको सिफारिस भएको छ। यसरी महिलामैत्रीका रुपमा लोकतन्त्र संस्थागत हुने प्रक्रियामा रहेका बेला राष्ट्रसंघको महासभामा सहभागी हुन गएका देउवाका विश्वासपात्र तथा परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले न्यूयोर्कबाटै प्रतिक्रिया दिए– 'अब छिट्टै नेपालमा महिला प्रधानमन्त्री' हुनेछिन्। देउवापक्ष यसरी लागेको छ। 
राजनीतिक मैदानमा महिला प्रधानमन्त्री बन्नसक्ने डा.आरजु बाहेक अर्को देखिदैन। मन्त्री बनाउन देउवाले लविङ गरेका अरु बाँकी ७ पृष्ठमा थिए, पार्टीभित्रका रामचन्द्र र सिटौलाका कारण र खुमबहादुरले बिबाद झिकेका कारण आरजु मन्त्री बन्न सकिनन्। ढिलो होस्, राम्रो होस्, डा.आरजु नेपालको पहिलो प्रधानमन्त्री बन्ने रणनीति तैयार गरिरहेकी छिन्। श्रीमान नै पार्टी अध्यक्ष भएपछि आरजुको इतिहास निर्माण गर्ने आकांक्षा पूरा हुने सम्भाबना प्रवल देखिन्छ। यसबाहेक आरजु राणाका लागि अमेरिका दाहिना छ, स्मरणीय के पनि छ भने चाइनिज मूलकी अमेरिकी राजदूतले जुराइदिएकी थिइन्। यस घटना र यसअघिको आरजुको अमेरिका कनेक्शन जान्नेहरुका लागि उनको शक्तिको भेउ थाहा छ, यसकारण आरजुको चान्स छ। 
मन्त्री हुनेमा श्रीमती र गर्लफ्रेन्ड पनि 
कांग्रेस सभापति देउवापत्नी आरजु देउवा प्रधानमन्त्री हुँदा पार्टीभित्रका नेताका श्रीमती, साली र गर्लफ्रेण्डसम्म मन्त्री हुने सूची तैयार भइसकेको चर्चाले राजनीतिक बृत्तमा ठूलै हंगामा सिर्जना गरिरहेको छ। राजेन्द्र महतोकी श्रीमती शैलदेवी महतो, राजकिशोर यादवकी श्रीमती सरिता यादव, अनिल झाकी श्रीमती डिम्पल झा, शरद सिंह भण्डारीकी गर्लफ्रेण्ड भनेर चर्चित युवती निर्जला राउत मन्त्री बन्नेछिन् भने यी महिलाहरुले सम्हालेका मन्त्रालयका हर्ताकर्ता भने यिनका पति, फ्रेण्डनै हुनेछन्। 
प्रचण्ड प्रधानमन्त्री बनेको २ महिना हुनलाग्यो, अव ७ महिना कुर्नु बाँकी छ। मधेसी मोर्चाको समेत समर्थनमा प्रचण्ड सरकार बनेको हो र कांग्रेस मधेस र महिलामैत्रीका रुपमा चुनावमा जान चाहन्छ। प्रचण्ड सरकारले तैयारी गर्ने र कांग्रेस नेतृत्वको सरकारले चुनाव गराउने भद्र सहमति भइसकेकाले सभापति देउवा श्रीमती आरजुलाई पहिलो महिला प्रधानमन्त्री बनाउने भद्रो हेरिरहेका छन्। ज्योतिषले पनि अवको प्रधानमन्त्री महिला हुने भविष्यवाणी गरिसकेका छन्।