
यसवर्षकाे एसइई परीक्षाका लागि देशभर झण्डै २ हजार परीक्षा केन्द्र ताेकिएकाे छ । एसइई परीक्षाको लागि देशभर १ हजार ९ सय ७० र जापानमा १ परीक्षा केन्द्र तोकिएको हाे ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का सूचना अधिकारी लक्ष्मी मरासिनीका अनुसार जापनमा १ परीक्षा केन्द्रसहित देशभर १ हजार ९ सय ७१ परीक्षा केन्द्र तोकिएको छ । यता राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालय,कक्षा-१० ले ती परीक्षा केन्द्र प्रकाशित गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ ।
गत वर्ष एसइई परीक्षाका लागि देशभर २ हजार ७९ वटा र जापानमा १ परीक्षा केन्द्र तोकिएको थियो । यसवर्ष नियमित तर्फ, एनजी (फेल भएका) र पुराना गरी ५ लाख ९ हजार ९ सय ६१ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदैछन् ।


