Advertisement Banner
Advertisement Banner

०६ शुक्रबार, चैत्र २०८२26th February 2026, 9:21:18 pm

सुनकाे मूल्य ७ हजार ८ सयले घट्याे

०६ शुक्रबार , चैत्र २०८२१० घण्टा अगाडि

सुनकाे मूल्य ७ हजार ८ सयले घट्याे

नेपाली बजारमा केहि समय अघि निरन्तर उकालाे लागेकाे सुनकाे मूल्य अहिले घट्न थालेकाे छ । सुनचादी व्यवसायी महासंघका अनुसार केहि दिनदेखि सुनकाे मूल्यमा गिरवट अाएकाे हाे ।

आज स्थानीय बजारमा सुनको मूल्य घटेर प्रतिताेला ३ लाख रूपैयाँभन्दा तल पुगेको छ भने हिजाेको तुलनामा शुक्रबार सुनको मूल्य ७ हजार ८ सय रुपैयाँले घटेको हो । आज सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरि आज चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । हिजाेकाे तुलनामा आज चाँदीको मूल्य प्रतितोला १ सय १५ रुपैयाँले घटेको हाे ।