Advertisement Banner
Advertisement Banner

०६ शुक्रबार, चैत्र २०८२26th February 2026, 9:21:18 pm

देशकाे विभिन्न भागमा वर्षा र हिमपातकाे सम्भावना

०६ शुक्रबार , चैत्र २०८२१४ घण्टा अगाडि

देशकाे विभिन्न भागमा वर्षा र हिमपातकाे सम्भावना

अहिले देशमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले माैसममा परिवर्तन आएकाे छ । जसका कारण देशकाे विभिन्न भागमा माैसम बदलीसँगै वर्षा र हिमपात हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली भएको छ । त्यस्तै कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।

दिउँसो देशका अधिकांश स्थानमा बदली हुनेछ भने कर्णाली, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेकाे महशाखाले जनाएकाे छ । त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुने सम्भावना छ ।

आज राति देशका अधिकांश स्थानकाे माैसम बदली हुनेछ भने कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ ।