
पूर्व–पश्चिम रेल्वेको काम मुआब्जा विवादका कारण रोकिएको छ । पूर्व–पश्चिम रेल्वे अन्तर्गत बर्दिबास नगरपालिका क्षेत्रमा १४ जनाले मुआब्जा नपाउँदा रेल्वेको काम राकिएकाे हाे ।
यसअघि भारत सरकारको सहयोगमा भारतको जयनगरदेखि महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिकास्थित रेल्वे स्टेशनसम्म रेल सञ्चालनमा आइसकेको भएपनि मुआब्जा नदिँदा भङ्गहाबाट बर्दिबाससम्मको काम रोकिएको हाे ।
बर्दिबास नगरपालिका क्षेत्रमा १४ जनालाई ७ देखि ८ करोड मुआब्जा तिर्न बाँकी रहेकाे र विभागले रकम निकासका निम्ति भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग अनुरोध गरेको जनाएको छ । यता बर्दिबासका पीडितहरुले मुआब्जाका लागि पटकपटक रेल विभागमा धाइराखे पनि मुआब्जा नपाएकाे गुनासाे गरेका छन् ।
पटकपटक रेल विभागमा धाइराखे पनि मुआब्जा नपाउँदा उनीहरुले यसअघि धेरै पटक काम रोक्ने चेतावनी दिएकाे भएपनि रेल्वेले सुनुवाई नगरेपछि अन्ततः पीडितहरुले बर्दिबासमा रेल्वे मार्गको निर्माण कार्य रोकेकाे बताइएकाे छ ।


