
गएराति कञ्चनपुरमा जग्गासम्बन्धी विवादका कारण एक जनाले आमाकाे हत्या गरेका छन् । कञ्चनपुरकाे दोधारा–चाँदनी नगरपालिका–४, माननीय चोकका हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका हुन् ।
आमाकाे हत्या गरेका श्रेष्ठले धारिलो हतियार प्रहार गरि बहिनीलाई समेत घाइते बनाएकाे बताइएकाे छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी हेमबहादुर शाहीका अनुसार गएराति भएको उक्त घटनामा आमाको घटनास्थलमै मृत्यु भएको थियाे ।
श्रेष्ठकाे आक्रमणमा घाइते भएकी बहिनी भगवती माझीको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घटना पछि फरार रहेका अभियुक्त श्रेष्ठकाे खोजी भइरहेकाे छ ।


