
आज नेपाली बजारमा सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २ सय र चाँदी १ सय ८५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ७ सय र त्यति नै परिमाणको चाँदीको मूल्य ५ हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।
हिजो एक तोला छापावाल सुन ३ लाख ९ हजार ९ सय र एक तोला चाँदी ५ हजार ३ सय ३५ कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ५ हजार र त्यति नै परिमाणको चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको बताइएकाे छ ।


