Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

उदयपुरमा हावाहुरीबाट २ को मृत्यु, ६ जना घाइते

०३ मंगलबार , चैत्र २०८२७ महिना अगाडि

उदयपुरमा हावाहुरीबाट २ को मृत्यु, ६ जना घाइते

हिजाे सँझ उदयपुरमा हावाहुरीबाट २ जनाकाे मृत्यु भएकाे छ भने ६ जना घाइते भएका छन् । हावाहुरीबाट कटारी नगरपालिका–५ र ८ मा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन थापा जनाएका छन् ।

कटारी–५, तीनकुने चोकस्थित राधाकृष्ण मन्दिर नजिकै हुरीबतासले सखुवाको रुख ढलेर लाग्दा ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको थियाे भने कटारी–८ थलियाटारका ४९ वर्षीया मीनामाया तामाङको कुटमेरो रुखको हाँगाले लागेर मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

हुरीबतासबाट कटारी–८ की स्थानीय २० वर्षीय कमलाकुमारी पुलामीमगर, कटारी–५ का मृतक चौधरीका नातिनी पाँच वर्षीय बिनिशा, सोही वडाका २७ वर्षीय युवराज कार्की, प्रेमचन्द्र दनुवार, लीलबहादुर दनुवार र १६ वर्षीय अस्मिता परियार घाइते भएका छन् ।

घाइते मध्ये ४ जनालाई कटारी अस्पतालमा सामान्य उपचारपछि हिजै ‘डिस्चार्ज’ गरिएको थियाे भने ४६ वर्षीय लीलबहादुर दनुवार र २० वर्षीय कमलाकुमारी पुलामी मगरलाई दुई जनालाई थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा रिफर गरिएको छ ।