Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

कवि मञ्जुललाई विश्व ज्योति साहित्य सम्मान- समर्पण गरिने

०३ मंगलबार , चैत्र २०८२७ महिना अगाडि

कवि मञ्जुललाई 
विश्व ज्योति साहित्य सम्मान- समर्पण गरिने

    काठमाडौं । नेपाली वाङ्गमयको श्रीबृध्दिमा विगत २७ वर्षदेखि समर्पित संस्था एपेक नेपालले आगामी चैत्र २५ गते काठमाडौमा आयोजना गरिने एक विशेष समारोहका बीच अग्रज सर्जक कवि, गीतकार तथा गायक मेघराज नेपाल मन्जुललाई यस वर्षको विश्व ज्योति साहित्य सम्मान अर्पण गर्ने निर्णय गरेको छ । उक्त सम्मानमा एक सम्मानपत्र सहित नगद राशि ५१ हजार रुपैयाँ रहने कुरा सस्थाले जनाएको छ। गत वर्षदेखि समर्पण गर्न सुरु गरिएको विश्व ज्योति साहित्य सम्मान पहिलो वर्ष कवि एवम् गीतकार उषा शेरचनलाई समर्पण गरिएको थियो ।
  कविता तथा गीत लेखनमा क्रियाशील सर्जक मञ्जुलको जन्म २००३ साल फागुन महिनामा भोजपुरमा भएको हो । उहाले २०२४ सालदेखि रेडियो नेपालमा गीत लेखन र गायनबाट आफ्नो यात्रा प्रारम्भ गर्नु भएको थियो। त्यसैताका समाजका कतिपय विसङ्गति र बेथितिहरु प्रति असहमति जनाएर विद्रोह गर्दै उहा सहित केहि साथीहरु मिलेर राल्फा नामक एक सास्कृतिक समुहको स्थापना गर्नु भयो। जसमा मन्जुल, रामेश, रायन, अरिम आदि कलाकर्मीहरूको सकृय सहभागिता थियो । 
राल्फाको स्थापनापछि नेपालका कुना कन्दरा पुगेर पविर्तनको बिगुल फुक्ने काममा मञ्जुलसहितका कलाकर्मीहरू सक्रिय रहे । त्यसबखत परिवर्तनकामी राल्फाका सर्जकहरू गाउँगाउँ ठाउँठाउँ पुगेर जनताका गीत गाउँथे र जागरणको बिगुल फुक्ने काम गर्दथे।
  साहित्य लेखनमा सक्रिय मञ्जुलका विभिन्न पुस्तकहरू प्रकाशित छन् । उनको कविताकृति ‘साहिँली मोरीलाई’ संस्मरणकृति ‘सम्झनाका पाइलाहरू’, उपन्यास ‘छेकु डोल्मा’, कविताकृति ‘मृत्यु कविता’, जीवनी ‘पहाडजस्तो–बाटोजस्तो म’लगायत थुप्रै कृतिहरू प्रकाशित छन् । 
  राष्ट्रिय प्रतिभा पुरस्कार, साझा पुरस्कारलगायतका पुरस्कारहरू प्राप्त गरिसकेका मञ्जुल यो उमेरमा पनि सिर्जनामा सक्रिय छन् र धेरैका लागि प्रेरणाका श्रोत पनि हुन्। 
  एपेक नेपालले यस सम्मानका साथै एक अर्को ुविश्व ज्योति युवा पाण्डुलिपि पुरस्कारु को पनि स्थापना गरेको छ । ४० वर्ष मुनीका युवा सर्जकलाई प्रदान गरिने उक्त पाण्डुलिपि पुरस्कारको घोषणा एपेक नेपालले आउँदो साता गर्दैछ। गत वर्ष यस पाण्डुलिपि पुरस्कार सुदूर पश्चिमका युवा कवि हेमन्त शिशिरको कविताकृति ‘बन्द घरको झ्याल’लाई प्रदान गरिएको थियो । यस वर्ष यो पुरस्कार अहिलेसम्म एउटै कृति प्रकाशित नभएका कुनै एक युवा कथाकारको लघुकथालाई प्रदान गरिने र सो कृति प्रकाशित गरी सोहि समारोहमा लोकार्पण समेत गरिने कुरा पनि सस्थाले जनाएको छ।