Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

यसवर्ष ५ लाख विद्यार्थीले एसईई परीक्षा दिँदै

०२ सोमबार , चैत्र २०८२७ महिना अगाडि

यसवर्ष ५ लाख विद्यार्थीले एसईई परीक्षा दिँदै

यसवर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ५ लाख बढि विद्यार्थी सहभागि हुँदैछन् । यहि चैत १९ गतेदेखि सञ्चालन हुन लागेकाे एसईई परीक्षामा झण्डै ५ लाख २० हजार विद्यार्थी सहभागि हुने भएका हुन् ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा- १० का उपनियन्त्रक तारानाथ निरौलाका अनुसार यस वर्षको एसइई परिक्षामा नियमिततर्फ ४ लाख ५२ हजार ४५ जना विद्यार्थी छन् भने गत वर्ष एनजी ल्याएका ६२ हजार र पुराना ७ हजार सहभागि हुने बताइएकाे छ ।  

राष्ट्रिय परीक्षा बोर्डकाे परीक्षा तालिकाअनुसार चैत १९ गते पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ भने चैत २० गते अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधिको परीक्षा हुनेछ । चैत २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय र २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषयको परीक्षा सञ्चालन हुनेछ ।