
अहिले काठमाडौं उपत्यकालगायत देशकाे विभिन्न भागमा हावाहुरीसहित वर्षा भएको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा बिहानैदेखि वर्षा भइरहेको थियाे भने अन्य स्थानमा पनि दिउसाे हावा हुरी सहित वर्षा भएकाे हाे ।
अहिले काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा भएको छ । हाल मुलुकभर पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहनुका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले नेपालमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


