
अमेरिकाले इरानमाथि आक्रमण गरेपछि शुरु भएको युद्धले मध्यपूर्वमा तनाव निम्तिएकाे छ । आज बिहान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमण भएपछि अहिले दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायीरुपमा बन्द गरिएको छ ।
विमानस्थलमा कर्मचारीको सुरक्षालाई सुनिश्चित गर्न अस्थायी रुपमा सबै उडान निलम्बित गरिएको सरकारी अधिकारीहरुले बताएका छन् । विमानस्थल नजिक लागेको आगो निभाउन मुस्किल भइरहेको बेला सबै उडान रद्द गरिएइको हो ।
युद्धका कारण संसारभरका हवाइ उडानहरुको ट्रान्जिट मानिने मध्यपूर्वका देशहरु प्रभावित भएका छन् भने संसारकै सबैभन्दा व्यस्त विमानस्थलमध्ये दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा हजारौं उडान र लाखौं यात्री प्रभावित भएका छन् ।
विमानस्थल बन्द भएपछि यात्रुहरूलाई आफ्नो उडानसम्बन्धी जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्न आग्रह गरिएको छ ।


