Advertisement Banner
Advertisement Banner

०२ सोमबार, चैत्र २०८२26th February 2026, 9:21:18 pm

पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढ्याे

०२ सोमबार , चैत्र २०८२४ घण्टा अगाडि

पेट्रोलियम पदार्थको मूल्य ह्वात्तै बढ्याे

नेपाल आयल निगमले गएराति १२ बजेपछि लागू हुनेगरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि पेट्रोलियम पदार्थको मूल्य बढेकाे हाे ।

निगमले पेट्रोलकाे १५ रुपैयाँ, डिजल र मट्टीतेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजल-मट्टीतेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम भएको छ ।

त्यसैगरि दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१, डिजल र मट्टीतेलको मूल्य १५१ पुगेको छ भने तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १५२ रुपैयाँ पुगेको छ ।

निगमका अनुसार पेट्रोलमा ३१ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ५४ रुपैयाँ मूल्य बढेर आए पनि हाललाई कम मात्रै मूल्य बढाएकाे बताइएकाे छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रति सिलिण्डर २१६ रुपैयाँ बढेर आएपनि हाललाई मूल्य यथावत राखिएको पनि निगमले जनाएकाे छ ।

निगमतले अमेरिका-इजरायल-इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण मूल्य वृद्धि गर्नुपरेको जनाएको छ ।