
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक निर्वाचन प्रणाली तर्फ चार जनाको नाम सिफारिस गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले चार जनाको नाम सिफारिस गर्ने निर्णय गरेकाे हाे ।
सिफारिस हुनेहरुमा भरत गिरी (खस आर्य पुरुष) महोत्तरी, ताहिर अली (मुस्लिम पुरुष) रुपन्देही, खुस्बु ओली (खस आर्य महिला) झापा र सरस्वती लामा (जनजाति महिला) धादिङलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार बैठकले समावेशी सिद्धान्तअनुसार विभिन्न समुदायको प्रतिनिधित्व हुनेगरी उक्त नामहरू सिफारिस गरेको बताइएकाे छ ।
त्यसैगरि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि ९ जना समानुपातिक सांसदको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । नेकपाको तर्फबाट सिफारिस हुनेहरूमा खसआर्यबाट प्रमेश हमाल र बलावती शर्मा, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमारी बुढा,अपाङ्गताबाट प्रेमबहादुर बयक, मधेशी समूहबाट जोगकुमार बर्बरिया यादव, दलितबाट पार्वती विक र गणेश विश्वकर्मा, थारू समूहबाट निराशा चौधरी डगौरा रहेका छन् ।


