
अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस भएका छन् । सरकारले गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हाे ।
आज बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको बताइएकाे छ । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सदस्यको पद हाल रिक्त रहेको छ ।
उक्त रिक्त पदमा अर्याललाई नियुक्त गर्न मन्त्रिपरिषद्ले सिफारिस गरेको गृहमन्त्री अर्यालले जानकारी दिएका छन् ।


