
आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँ रहेकाे सुनको मूल्य घटेर आज प्रतितोला ३ लाख ९ हजार ४ सय रुपैयाँ कायम भएको हाे ।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ६५ हजार २ सय ६० रुपैयाँ रहेको छ । त्यसैगरी आज चाँदीको मूल्य पनि घटेर तोलाकाे ५ हजार २ सय ७० रुपैयाँ काराेबार भइरहेको महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य तोलाकाे ५ हजार ४ सय ९५ रुपैयाँ थियो भने याे अवधिमा चाँदीको मूल्य तोलामा २२५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य १० ग्रामको ४ हजार ५ सय १८ रुपैयाँ कायम भएको छ ।


