
नवलपरासीकाे बर्दघाट सुस्ता पश्चिममा डिभिजन वन कार्यालयले १ लाख कामदारलाई रोजगारी दिएकाे छ । कार्यालयले १ लाख कामदारलाई अस्थायी रोजगारी दिएको हाे ।
डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षमा रुख कटान, ढुवानी, घाटगद्दी, तारजाली निर्माण, वन रक्षा, वन नियन्त्रण र झारपात उखेल्नेसहित सरसफाइलगायत काम गर्न १ लाख जनालाई रोजगारी दिएको कार्यालयका प्रमुख राजु क्षेत्रीले जनाएका छन् ।
कामको प्रकृतिअनुसार प्रति कामदारलाई दैनिक ६५० देखि १ हजारसम्म ज्याला दिइएको छ भने जिल्लाका ६१ समुदायिक वनमध्ये ३१ वटामा काम दिइएको पनि प्रमुख क्षेत्रीले जानकारी दिएका छन् ।


