Advertisement Banner
Advertisement Banner

३० मंगलबार, असार २०८३13th July 2026, 9:36:25 am

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी संकलन

०१ आइतबार , चैत्र २०८२४ महिना अगाडि

पाथीभरामा फागुनमा ३१ लाख बढी भेटी संकलन

ताप्लेजुङकाे पाथीभरा मन्दिरमा फागुन महिनामा ३१ लाख बढी भेटी सङकलन भएको छ । एक महिनाकाे अवधिमा भक्तजनले चढाएको भेटीबाट उक्त रकम संकलन भएको हो ।

मन्दिरमा भक्तजनले फागुन महिनामा ३१ लाख १० हजार भेटी चढाएकाे पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएकाे छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा संकलन गरेकाे हाे ।

भक्तजनबाट संकलित भेटीलाई सुरक्षित रूपमा पोकामा लाहाछाप लगाई मन्दिर परिसरबाट फेदीसम्म ल्याइने र फेदीमा करिब एक सातासम्म  संकलन भएको भेटीलाई त्यसपछि सदरमुकाम फुङ्लिङस्थित समितिको कार्यालयमा पुर्‍याइन्छ भने कार्यालयमा दैनिक रूपमा प्रहरी तथा सिसीटिभीको निगरानीमा भेटी गणना गरी बैंकमा जम्मा गर्ने व्यवस्था गरिएको समितिले जनाएको छ ।

फागुनमा १८ हजार ६ सय ५२ जना भक्तजन दर्शनका लागि पाथीभरा मन्दिर पुगेका थिए । प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित पाथीभरा मन्दिरमा देश तथा विदेशबाट भक्तजन दर्शनका लागि आउने गरेका छन् ।