Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

हिन्दूत्वका नेता पूर्वराजा

०३ सोमबार , आश्विन २०७३१० बर्ष अगाडि

काठमाडौंमा कार्तिक ४, ५ र ६ गते अन्तर्राष्ट्रिय विराट हिन्दू सम्मलेन हुँदैछ। यो सम्मेलनको मूल उद्देश्य हिन्दूराष्ट्रको शंखघोष गर्ने हो। नेपाल धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेको १३ महिनापछि बल्ल हिन्दूहरु जागेका छन्। हिन्दू समुदाय यसरी ननिदाएको भए, ९५ प्रतिशत ॐकार परिवार बसोबास गर्ने नेपाललाई कसैले पनि धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्न सक्ने थिएन। 
देर आए दुरुस्त आए। हिन्दू जागे, शुभ कुरा हो। 
सबैलई हक चाहिएको छ, सबैलाई अधिकार र पहिचान चाहिएको छ। हिन्दूले पहिचान खोज्ने यो विराट हिन्दूसभाले शंखघोषका साथ हिन्दूधर्म माग गर्दा राजनीतिमा ठूलै तरङ्ग उत्पन्न हुने निश्चित छ। चुरो कुरो के हो भने यो हिन्दू विराटसभाको उद्घाटन पूर्वराजा ज्ञानेन्द्रले गर्ने भएका छन्। भारतका गोरखनाथ पीठाधिश्वर योगी आदित्यनाथदेखि थुप्रै हिन्दू नेता, योगी, सन्त, ज्ञानीहरु नेपाल आउने भएका छन्। कार्यक्रमको संयोजकमा भरतकेशर सिंह, आदित्यनाथ र विश्वहिन्दू महासंघका अध्यक्ष हेमबहादुर कार्कीले विराट हिन्दू सम्मेलन सफल पार्न संयोजन गरिरहेको खबर छ। 
हेमबहादुर कार्कीका अनुसार विश्वका ४४ देशका हिन्दूहरु यो सम्मेलनमा सहभागी हुन आउने भएका छन्। भारतका चारवटै पीठाधिश्वर शंकराचार्यहरु र हजारभन्दा बढी मठाधीश, गुरुहरुको विशेष उपस्थितिमा हुने यो विराट हिन्दू सम्मेलनमा उद्घाटनपछि पूर्वराजाले संवोधन गर्ने कार्यक्रम पनि बन्दैगरेको छ। यदि पूर्वराजाले हिन्दू राष्ट्रको माग गरे र आमनागरिकलाई साथ दिन आह्वान गरिदिए भने के होला? समाजमा त्यो आह्वानको कस्तो असर पर्ला र धर्मनिरपेक्षतावादीहरुले त्यसको मुकाविला कसरी गर्लान्? 
राजधानीमा जम्मा हुने एकलाख देशी विदेशी हिन्दूवादीहरुले त्यही महासम्मेलनबाट हिन्दूत्व क्रान्तिको घोषणा गर्न सक्छन्। हिन्दूराष्ट्रको विशेष प्रस्ताव पारित गरेपछि त्यस्तो क्रान्तिको आवाज उठ्नसक्छ, उठ्यो भने संशोधनको तैयारी भइरहेको संविधानमा एकैपटक नेपाल हिन्दूराष्ट्र हुने संशोधनको मार्ग खोलिनसक्छ। \एकातिर संवैधानिक रिक्तता, अर्कोतिर हिन्दूवादीहरु संगठित हुनुको चुनौती। यहीकारण सरकार यो हिन्दूसम्मेलन भाँड्ने तैयारी गर्दैछ।