Advertisement Banner
Advertisement Banner

०२ सोमबार, चैत्र २०८२26th February 2026, 9:21:18 pm

अपराध समाचार, प्रहरी सकृयता

०१ आइतबार , चैत्र २०८२१९ घण्टा अगाडि

अपराध समाचार, प्रहरी सकृयता

अवैध लागूऔषध सहित १६ जना पक्राउ
काठमाडौं, ३० फागुन, बर्दिया, बढैयाताल गाउँपालिका ७ भत्केको पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित सोही गाउँपालिका(३ जोडीपिपल बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यसैगरी बर्दिया, बाँसगढी नगरपालिका ५ बाँसगढी बजार नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ४० मिलिग्राम सहित सोही नगरपालिका(८ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    रूपन्देही, रोहिणी गाउँपालिका २ खुरबरियाबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ सय २० ट्याब्लेट र स्पास्मो ४ सय २९ ट्याब्लेट सहित भारत माहाराजगंज थाना पुरान्दर बस्ने १९ वर्षीय आदित्यनाथ यादवलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ५६ एबि ५७१४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
    दाङ, घोराही उपमहानगरपालिका १४ स्थित जनचेतना टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय सिमन थापालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    सुनसरी, गढी गाउँपालिका २ औरावनी चोकस्थित शिवमहिमा मेडिकल हल फार्मेसीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १० ट्याब्लेट र स्पास्पेन २ हजार ८ सय २० ट्याब्लेट सहित फार्मेसी संचालिका सोही ठाउँ डेरा गरी बस्ने मोरङ सुन्दरहरैँचा नगरपालिका(८ घर भएकी ३२ वर्षीया मोनिका चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यलय विराटनगर र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरीले फार्मेसी तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो  । 
    कञ्चनपुर, बेलौरी नगरपालिका १० सडकघाट पिपलचौताराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय ७० मिलिग्राम सहित दार्चुला लेकम गाउँपालिका २ कैनडा बस्ने २० वर्षीय गोकुलदेब जोशी समेत २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको म।१ प १६०८ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    कैलाली, टिकापुर नगरपालिका ६ भरतापुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय बादल चौधरीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका(३ विशालनगरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ  १ ग्राम ३ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका(३ बस्ने २७ वर्षीय समिर नेपालीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 
    चितवन, भरतपुर महानगरपालिका ११ गणेशथानबाट नियन्त्रित लागूऔषध डाईजेपाम १० एम्पुल, फेनारगन १० एम्पुल र नोर्फिन १० एम्पुल सहित सोही ठाउँ बस्ने ३० वर्षीय सन्जय तामाङलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन समेतबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 
    सुर्खेत, बीरेन्द्रनगर नगरपालिका १० चन्द्रनगर बस्ने ३२ वर्षीय भुवन विक समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ८० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले भुवनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 
    मोरङ, विरानटनगर महानगरपालिका(३ बरगाछी चोकबाट अवैध लागूऔषध गाँजा ११ किलो ५२ ग्राम सहित भारत अररिया बस्ने २२ वर्षीय कृष्ण कुमार सिंह समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

विद्युतीय कारोबार कसुर मुद्दाका फरार पक्राउ
काठमाडौं, ३० फागुन, विद्युतीय कारोबार ऐन अन्तर्गत कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका ४ सुकेधारा बस्ने झापा गौरादह नगरपालिका ५ घर भएका ४३ वर्षीय रविरत्न चुडाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 
    उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका(४ सुकेधाराबाट पक्राउ गरेको हो । 

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
काठमाडौं, ३० फागुन, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी नागार्जुन नगरपालिका(१ रानीवन बस्ने बर्दिया राजापुर नगरपालिका ५ घर भएकी ३१ वर्षीया सदिशा पाण्डे ९खनाल० लाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 
    जिल्ला अदालत काठमाडौंको २०८२ वैशाख ३ गतेको फैसलाले उक्त मुद्दामा ३६ लाख ८२ हजार ९ सय ८० रूपैयाँ जरिवाना, ३ दिन कैद र १ लाख ४७ हजार ३ सय १९ रूपैयाँ पीडित राहत कोषमा क्षतिपूर्ति जम्मा गराउने सजाय ठहर भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले नागार्जुन नगरपालिका १ रानीवनबाट पक्राउ गरेको हो । 

भरूवा बन्दुक बरामद
रूकुम पूर्व, ३० फागुन,  सिस्ने गाउँपालिका ५ स्थित पातिहाल्ने द्वारी जंगलबाट भरूवा बन्दुक १ थान शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रूकुम पूर्व समेतबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।