Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

कतारबाट नेपाल फर्कन चाहनेलाई आवेदन दिन आग्रह

३० शनिबार , फाल्गुण २०८२७ महिना अगाडि

कतारबाट नेपाल फर्कन चाहनेलाई आवेदन दिन आग्रह

नेपाली दूतावास कतारले कतारबाट नेपाल फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन आग्रह गरेकाे छ । कतारकाे दोहास्थित नेपाली दूतावासले आज एक सूचना जारी गर्दै नेपाल फर्कन इच्छुक नेपालीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन आग्रह गरेको हाे ।

दूतावासद्वारा जारि सूचनामा नेपाल फर्कन इच्छुक नेपालीहरूलाई आवश्यक प्रक्रिया पूरा गरी आवेदन दिन आग्रह गरिएको छ । मध्यपूर्वको वर्तमान परिस्थितिका कारण साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल यात्रा गर्नुपर्ने भएकाले वैध आवासीय अनुमतिपत्र (कतार आइडी) भएका कतारमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई दोहास्थित ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिन अपोइन्टमेन्ट बुक गर्न अनुरोध गरिएको छ ।

दूतावासले थप जानकारीका लागि आवेदकहरूले भिसा सेवा केन्द्रको फोन नम्बर ५०६६०६२२ मा सम्पर्क गर्न सकिने समेत बताइएको छ । पछिल्लाे समय इरानले आफ्नो सिमानाभित्रका विभिन्न स्थानमा भएका अमेरिकी र इजरेली ह‍‍मलाको जबाफमा मध्यपूर्वभरी नै हवाई हमलाहरू गरेको थियाे भने दोहाकाे सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा रहेको अल उदेइद हवाई अखडालाई निशाना बनाएर इरानले विस्फोट गराएको बताइएकाे छ ।