Advertisement Banner
Advertisement Banner

३० शुक्रबार, आश्विन २०८३15th October 2026, 7:25:53 am

आजदेखि ग्यास आधा सिलिन्डर मात्र बेच्ने

२९ शुक्रबार , फाल्गुण २०८२७ महिना अगाडि

आजदेखि ग्यास आधा सिलिन्डर मात्र बेच्ने

मध्यपूर्वमा उत्पन्न परिस्थितका कारण विश्वव्यापी रुपमा पेट्रोलियम पदार्थ तथा एलपी ग्याँस आपूर्तिमा समस्या भएपछि नेपाल आयल निगमले अब आधा सिलिण्डर मात्र ग्यास बेच्ने भएको छ । निगमले आजदेखि लागू हुनेगरि आधा सिलिण्डर मात्र ग्यास बेच्ने भएको हाे ।  

निगमले आधा सिलिण्डर ग्यास बेच्ने बताउँदे आधा सिलिण्डर ग्यासको मूल्य ९५५ रुपैयाँ ताेकेकाे छ । अर्को निर्णय नभएसम्मका लागि निगमले (७.१ केजी) अर्थात आधा सिलिण्डर ग्यास बेच्न लागेकाे हाे ।

ग्यासको आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थापन गर्न नसकेको आरोप खेप्दै आएको नेपाल आयाल निगमले ग्यासको तत्कालको अभाव हुन नदिनका लागि आधा सिलिन्डर दिएर केही हदसम्म अभाव कम गर्ने तयारी थालेको हाे । भारतबाट माग अनुसार ग्यास आयात भइरहेकाे भए पनि बजारमा कृत्रिम अभाव देखिएपछि निगमले आजदेखि आधा सिलिन्डर (७.१ केजी) मात्रै भरेर बिक्री गर्ने जानकारी गराएको हो ।

निगमले निर्देशन अनुसार ग्यास उद्योगले अनिवार्य रूपमा सोहीबमोजिम उत्पादन गर्नुपर्ने छ । यता नेपाल एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिव घिमिरेले बजारमा ग्यास आपूर्तिमा अहिलेसम्म कुनै समस्या नभएको बताएका छन् ।