Advertisement Banner
Advertisement Banner

२९ शुक्रबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

निर्वाचन प्रहरीको बिदाई, लागूऔषध पक्राउ

२९ शुक्रबार , फाल्गुण २०८२३ घण्टा अगाडि

निर्वाचन प्रहरीको बिदाई, लागूऔषध पक्राउ

निर्वाचन प्रहरीहरूलाई शुभकामना सहित बिदाइ
काठमाडौं, २८ फागुन, प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाको लागि भर्ना गरिएका निर्वाचन प्रहरीहरूलाई बिहीबार शुभकामना सहित बिदाइ गरिएको छ । 
आफ्नो कार्यअवधि सफलतापूर्वक सम्पन्न गरेका निर्वाचन प्रहरीहरूलाई ७७ वटै जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत प्रहरी कार्यालयहरूमा बिदाइ कार्यक्रम आयोजना गरी उनीहरूलाई प्रमाणपत्र प्रदान गर्नुका साथै आगामी जिवनको प्रगति र समृद्धिको कामना सहित बिदाइ गरिएको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत ९नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल० कार्यविधि २०८२ बमोजिम देशभरबाट गत माघ १८ गते निर्वाचन प्रहरीहरूलाई नियुक्ति पत्र दिइएको थियो ।
निर्वाचन सुरक्षार्थ १ लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी भर्ना गरिएको थियो । छोटो अवधिको तालिम पश्चात मतदान केन्द्रमा नेपाल प्रहरीसँग परिचालित भई फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न निर्वाचन प्रहरीहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 
    निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्नका लागि हर परिस्थितिहरूमा अहोरात्र परिचालिन भई महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण निर्वाचन प्रहरी प्रति नेपाल प्रहरी उच्च सम्मान व्यक्त गर्दछ । मुलुकलाई  सर्वोपरी ठानी सार्वजनिक शान्ति र अमनचयन राख्ने कुरामा मुलुक प्रतिको समर्पण भाव निरन्तर रहिरहने समेत नेपाल प्रहरीले विश्‍वास लिएको छ । निर्वाचनको अवधिमा निर्वाचन प्रहरीहरूले प्रदर्शन गरेका उच्च अनुशासन, धैर्यता, व्यवसायिकता एवम् लगनशिलता प्रशंसा गर्दै आगामी दिनहरूमा राष्ट्रको शान्तिसुरक्षा, विकास र समृद्धिमा उदाहरणीय भूमिका निर्वाह हुने अपेक्षा राखिएको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
काठमाडौं, २८ फागुन,     काठमाडौं महानगरपालिका(३२ कोटेश्‍वरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० ग्राम ८ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ बेलबारी नगरपालिका(५ बस्ने २२ वर्षीय सरोज लावती र २२ वर्षीय सुगम कार्की रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
    सुनसरी, धरान उपमहानगरपालिका(१३ फुस्रेबाट अवैध लागूऔषध गाँजा करिब ३० किलोग्राम सहित संखुवासभा सिलिचोङ गाउँपालिका(४ बस्ने २० वर्षीय सन्दिप राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 
    मकवानपुर, हेटौँडा उपमहानगरपालिका(१६ घ्याम्पेडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका(१६ घ्याम्पेडाँडा बस्ने ३८ वर्षीय हरि रानालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हटिया मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
    दाङ, तुलसीपुर उपमहानगरपालिका(११ जनवार चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय २० ट्याब्लेट र ट्रामाडोल ५८ ट्याब्लेट सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शान्तीनगर गाउँपालिका(५ कासीपुर बस्ने २३ वर्षीय भिम बहादुर सुनार र सोही उपमहानगरपालिका(६ गिधनिया बस्ने २२ वर्षीय धन बहादुर विक रहेका छन् । प्रहरी चौकी उरहरी जसपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।