Advertisement Banner
Advertisement Banner

१३ शनिबार, भाद्र २०८३21st July 2026, 3:28:44 pm

बधाई दिँदै भोलिन्टियर फोर्सले भन्यो अर्को निर्वाचनमा दण्डित हुन नपरोस्

२८ बिहिबार , फाल्गुण २०८२६ महिना अगाडि

बधाई दिँदै भोलिन्टियर फोर्सले भन्यो अर्को निर्वाचनमा दण्डित हुन नपरोस्

नेकपा एमालेको युवा दस्ता ‘नेशनल भोलिन्टियर फोर्स’ ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा अभूतपूर्व जनमत पाएकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिएको छ । भोलिन्टियर फोर्सका प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठले आज एक विज्ञप्तिमा जारी गरेर परिवर्तन र सुशासनको नारामा प्राप्त अभिमतको कदर गर्न आग्रह गर्दै अन्यथा अर्को निर्वाचनमा दण्डित हुने बताएकाे हाे  ।

विज्ञप्तिमा भनिएकाे छ, ‘जनतालाई आभास हुने परिवर्तन र भ्रष्टाचारमुक्त समाज र प्रशासनिक सुधारको पक्षमा काम हुनैपर्छ नत्र यो अभिमतलाई अर्को निर्वाचनसम्म नेपाली जनताले दपिण्डत गर्नेछन् ।’

चुनावी परिणाम आफूहरुका लागि ऐना बनेको उल्लेख गर्दै फोर्सले थपेको छ, ‘अब कसैलाई दोष दिएर पन्छिने भन्दा पनि जनताको यो निर्मम तर स्पष्ट सन्देशलाई जिम्मेवारीपूर्ण स्वीकार्ने बेला आएको छ ।’

निर्वाचन परिणाममले पार्टी पङ्क्ति हतास नभई कमीकमजोरीको आत्मसमीक्षा गर्दै समयसापेक्षअनुसार पुनः अघि बढाउने सुनौलो अवसर दिएको फोर्सको भनाइ छ । फोर्सले जनताको भरोसा जित्न र देशको समृद्धिको नेतृत्व गर्न ‘नयाँ कार्यशैली र नयाँ उत्साह’ सहित पुनः जनताको घरदैलोमा पुग्ने घोषणासमेत गरेको छ ।

‘एउटा दृढ अठोटका साथ हामी फेरि उठ्नेछौं, हाम्रो एकता र सुधारको संकल्प नै हाम्रो पुनरागमनको आधार हुनेछ,’ विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, सरकारबाट जनभावनाविपरीत, भ्रष्टाचारजन्य वा राष्ट्रिय हितमा आँच पुग्ने कुनै कदम चालिएमा सढकबाट सशक्त प्रतिवाद गर्ने फोर्सको चेतावनी छ ।