Advertisement Banner
Advertisement Banner

३० मंगलबार, असार २०८३13th July 2026, 9:36:25 am

बन्दुकदेखि लागूऔषधसम्म पक्राउ

२८ बिहिबार , फाल्गुण २०८२४ महिना अगाडि

बन्दुकदेखि लागूऔषधसम्म पक्राउ

ग्रीस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं, २७ फागुन, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका १ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका ३ घर भएका २२ वर्षीय सम्योग राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 
राईले ग्रीस पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका १३ बाट पक्राउ गरेको हो । 

अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ
काठमाडौं, २७ फागुन,     चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८८ ग्राम सहित धनकुटा महालक्ष्मी नगरपालिका ७ बस्ने ३० वर्षीया सबिना अधिकारीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले राजबिराजबाट काठमाडौंतर्फ आउँदै गरेको बा।प्र ००१.००६ ख ७४२० नम्बरको बसलाई जाँच गर्दा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । 

एकनाले भरूवा बन्दुक सहित एक जना पक्राउ
डडेल्धुरा, २७ फागुन,     भागेश्वर गाउँपालिका १ सेल्टुडा बस्ने ६० वर्षीय धन बहादुर ठकुराठीलाई एकनाले भरूवा बन्दुक १ थान सहित बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
प्रहरी चौकी रूपालबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।