Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

संविधान वर्ष दिनमै फेल

०३ सोमबार , आश्विन २०७३१० बर्ष अगाडि

संविधान वर्ष दिनमै फेल भयो। तुहिएको बच्चा र संविधानमा अव फरक रहेन। ९१ प्रतिशत जनमतले निर्माण गरेको संविधान एकदिन पनि कार्यान्वयन भएन। सत्ताको भागबण्डा र राज्यकोष खर्च गरेर मनाइने जलपान, समारोहमा मात्र कार्यान्वयन भएको संविधान राजनीतिक दल, पक्ष विपक्ष र आमनागरिकले अपनत्व ग्रहण नगरेरै फेल भयो। संविधान अशान्ति, बिभेद र हिंसाको विषवृक्ष बन्यो। 
संविधान जारी हुँदा जसरी संविधानमा आगो लाग्यो, पहिलो वर्षको  जन्मोत्सव मनाउँदा देशव्यापी कालो झण्डा फहराएर शोक मनाइनुले संविधान कहाँ छ भन्ने प्रश्न उठाइदिएको छ। ठूला दलहरुले संविधान कार्यान्वयनको गफ नगरे भयो अव। 

वर्ष दिनमा पनि कार्यान्वयन हुन नसक्ने, जनताले स्वागत र स्वीकार गर्न नसक्ने संविधान संविधान नभएर अभिषाप हो। यस्तो सरापले देश बिग्रने बाहेक बन्ने, समृद्धिको कल्पना गर्न सकिन्न। यस्तो संविधानलाई तत्काल संशोधन गर्ने कि खारेज गरेर पुनर्लेखन गर्ने, त्यसतिर ध्यान दिन जरुरी छ। भन्नलाई सत्तामा पुगेकाहरु यही संविधान उचित भन्न सक्छन् तर कसरी उचित? जवाफ देखिदैन।