Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

अर्थमन्त्री खनालले कूटनीतिक राहदानी फिर्ता गरे

२६ मंगलबार , फाल्गुण २०८२५ घण्टा अगाडि

अर्थमन्त्री खनालले कूटनीतिक राहदानी फिर्ता गरे

अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् । मन्त्री खनालले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी फिर्ता गरेका हुन् ।

मन्त्री खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत अर्थमन्त्रीका रूपमा प्रयोग गर्न दिइएको कूटनीतिक राहदानी परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागमा फिर्ता बुझाइएको जनाएका हुन् । फेसबुकमार्फत अर्थमन्त्रीको हैसियतमा राहदानी नं डीए०००२७१० को प्रयोजन समाप्त भएकोले परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता बुझाएको बताइएको छ ।

उनले अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई सम्बोधन गर्दै आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी फिर्ता गरेको उल्लेख गरेका हुन् । जेनजी आन्दोलन पछि गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा रामेश्वर खनाल अर्थमन्त्रीका रूपमा कार्यरत छन् ।