Advertisement Banner
Advertisement Banner

२५ सोमबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

अटो दुर्घटना हुँदा ४ जनाको मृत्यु

२५ सोमबार , फाल्गुण २०८२५ घण्टा अगाडि

अटो दुर्घटना हुँदा ४ जनाको मृत्यु

चितवनमा अटो दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परि अन्य एक जना घाइते भएका छन् ।

चितवनको कालिका नगरपालिका–९, दब्यटारस्थित भित्री सडकमा अटो दुर्घटना भएकाे हाे । उपरदानगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ह ०३१५ नम्बरको अटो आफैँ अनियन्त्रित भई नालामा पल्टिएकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा अटो चालक राप्ती नगरपालिका–९, का ३९ वर्षीय पूर्ण विक, राप्ती नगरपालिका–८, की ५६ वर्षीया विष्णुकुमारी तामाङ, राप्ती नगरपालिका–९, की २२ वर्षीया बिनि तामाङ र सोही स्थानकी अन्दाजी ५६ वर्षीया तिलक तामाङको उपचारका क्रममा भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको बताइएकाे छ ।

उक्त दुर्घटनामा परी घाइते राप्ती नगरपालिका–९, की ५३ वर्षीया चिनीकुमारी गुरुङको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।