Advertisement Banner
Advertisement Banner

२५ सोमबार, फाल्गुण २०८२26th February 2026, 9:21:18 pm

बुटवल–नारायणगढ सडक अवरुद्ध

२५ सोमबार , फाल्गुण २०८२५ घण्टा अगाडि

बुटवल–नारायणगढ सडक अवरुद्ध

वर्षाका कारण दाउन्नेमा सडक भासिएर चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । दाउन्ने क्षेत्रमा सडक भासिएपछि उक्त स्थानमा चिप्लो भएकाले सडक अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार वर्षाका कारण विनयी त्रिवेणी गाउँपालिका–२, दाउन्नेकाे सडक भासिएको स्थानमा चिप्लाे भएपछि बिहान १० बजेदेखि सवारी आवतजावतमा समस्या भएको बताइएकाे छ ।

उक्त स्थानमा करिब १०० देखि १५० वटा सवारीसाधन दुवैतर्फ लामबद्ध अवस्थामा रोकिएका छन् भने उक्त स्थानमा अहिले पनि सिमसिम पानी परिरहेकाे छ । पानी परिरहेकाले तत्काल सडक खुलाउन समस्या भएकाे र सुरक्षाकर्मी तथा सडक आयोजनाले सडक खुलाउने प्रयास गरिरहेको प्रहरी जनाएकाे छ ।