
अहिले नेपालकाे काेशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केहि भू–भागमा वर्षा भएकाे छ । नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावका कारण माैसममा प्रभाव परेकाे हाे ।
त्यसैगरि पछिल्लो एक घन्टामा भैरहवामा ९.२ मिलिमिटर वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । त्यस्तै पछिल्लो चौबीस घन्टामा तिलोत्तमामा २५ मिलिमिटर र भैरहवामा २२.२ मिलिमिटर वर्षा भएको छ भने पोखराको पचासेमा ६.८ मिलिमिटर, संखुवासभाको नुममा १२.८ मिलिमिटर र टासी गाउँमा ७.६ मिलिमिटर वर्षा भएको छ ।
महाशाखाका अनुसार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भामामा साधारणतया बादल लाग्नुका साथै हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भामामा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा साधरणतया बादल लाग्ने र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । त्यस्तै गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा र कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएकाे छ ।


