
गत भदाै २३ र २४ गते भएकाे जेनजी आन्दोलनकाे विषयमा जाँचबुझ गर्न गठित न्यायिक आयोगले प्रधानमन्त्री सुशीला कार्कीकाे सरकारलाई प्रतिवेदन बुझाएकाे छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रतिवेदन बुझाएका हुन् ।
आयोगले प्रधानमन्त्रीलाई जाँचबुझको प्रतिवेदन बुझाउने कार्यक्रममा मन्त्रीहरू,मुख्यसचिव, आयोगका पदाधिकारीलगायतको उपस्थिति रहेकाे थियाे । जेनजी आन्दोलनका विषयमा जाँचबुझ गर्न गठित न्यायिक आयोगले आज आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको हाे ।
यता प्रतिवेदन बुझाउन आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्य विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारीसहितको टोलीप्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेको थियाे ।


